नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

लुम्बिनीमा ९० प्रतिशत पर्यटक एकैछिन घुमेर भारततर्फ फर्किने

2018-01-14 15:00:10
गत वर्ष लुम्बिनीमा आएका १५ लाख ५२ हजार पाहुनामध्ये १ लाख ५५ हजार पर्यटक तेस्रो मुलुकबाट आएका लुम्बिनी विकास कोषको तथ्यांक छ। बुद्धस्थल भ्रमणका लागि दैनिक सयौं आउने गर्छन् । प्रत्येक दिन आन्तरिक र बाहय पर्यटकको घुइँचो लाग्ने गरेको छ। उनीहरूमध्ये ९० प्रतिशत पर्यटक एकैछिन घुमेर फर्किने गरेका छन्। पर्यटकको बसाइ अवधि भने बढेको छैन । स्थानीय र व्यवसायीले फाइदा लिन सकेका छैनन्। ‘स्थलमार्गबाट आउने प्राय: सार्क मुलुकका पर्यटकहरू भारतीय सवारी लिएर भारतीय बाटो भएर आउँछन् । लुम्बिनी भ्रमण गरेर त्यही बाटो उसै दिन फर्किन्छन्,' स्थानीय व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसन (सान) का उपाध्यक्ष मिथुन श्रेष्ठले भन्नुभयो। लुम्बिनीसँगै आसपासमा बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थान धेरै छन्। बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, कुदान, मावली देवदह, अष्टधातु रहेको रामग्राम बौद्ध दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छन् । ती बौद्ध स्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण ‘प्याकेज' छैन । यसले गर्दा अधिकांश पर्यटक एकैछिन लुम्बिनी घुमेर उसैदिन फर्केका हुन्। एसोसिएसन महासचिव लीलामणि शर्माले पर्यटन बोर्ड र लुम्बिनी गुरुयोजनाले पर्यटन विकासमा सहकार्य नगर्दा पनि समस्या परेको बताउनुभयो। सरकारले ४ वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको स्थान तिलौराकोट, मावली क्षेत्र देवदह र अष्टधातु रहेको नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर १ सय ५७ किलोमिटर क्षेत्रलाई बृहत्तर लुम्बिनी क्षेत्र कायम गरेको कान्तिपुरले लेखेको छ । बृहत्तर लुम्बिनी क्षेत्र जोड्ने सडक कम्तीमा ४ लेनको पक्की हुनुपर्ने र सडक आसपासमा वर, पीपल, स्वामीलगायतका रूखहरू रोपेर हरित, शान्त र सुन्दर बनाउनुपर्ने त्यसमा उल्लेख छ । फिल्डमा भने धेरै आयोजना सुरु भएका छैनन् । सुरु आयोजना पनि निकै सुस्त छन् ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान