नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनको आर्थिक प्रक्षेपणको नवौं मञ्च पैचिङमा आयोजित

2018-01-14 14:58:21
चीनको अर्थतन्त्र सम्बद्ध नवौं भविष्यवाणी मञ्च जनवरी १३ तारिख पैचिङमा आयोजित भएको छ। नयाँ युगमा चीनको अर्थतन्त्र भन्ने मुख्य विषयसूची भएको सो मञ्च चीनको राज्य परिषद विकास अनुसन्धान केन्द्रको निर्देशनमा चीनको अर्थतन्त्र टाइमस, चीनको अर्थ समाचार वेभसाइट तथा राष्ट्रिय अनुसन्धानालयको अर्थ अध्ययन केन्द्रको संयुक्त संयोजनमा गरिएको हो। सो मञ्चमा राज्य परिषद विकास अनुसन्धान केन्द्रका प्रमुख ली वैले सम्बोधन गर्दै सन् २०१८ मा चीनको अर्थतन्त्र वृद्धि, रोजगारी, बजार भाउ तथा कार्यकुशलता स्थिर हुँदै जाने अपेक्षा गरिएको छ जुन आर्थिक कार्यको मुख्य क्षेत्र उच्च गुणस्तरिय विकास दिशातिर मोड्नको लागि राम्रो वातावरण सिर्जना गरिने अड्कल गर्नुभएको छ। साथै सो मञ्चमा चीनको ग्रामीण पुनरूत्थान रणनीतिको मुख्य विषय र तरिकाबारे पनि छलफल गरिएको छ। एक दिन्र मञ्च आर्थिक परिस्थितिको विश्लेषण तथा विकास प्रवृत्तिको भविष्यवाणी, सबभन्दा पछिल्ला नीतिको ब्याख्या एवम् विकास नीतिको अध्ययनमा केन्द्रित हुने गरेको छ भने चीनको केन्द्रिय सरकार, स्थानीय सरकारी विभागहरू, अर्थविद्हरू, व्यवसायीहरू तथा संचारमाध्यमका प्रतिनिधिहरू लगभग ४०० जना व्यक्तिले मञ्चमा भाग लिएका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान