नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा

2018-01-14 15:12:41
चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिबारे प्रतिक्रिया दिँदै उक्त सन्धिमाथिको हस्ताक्षर सजिलो मात्रै नभएर विभिन्न पक्षले कदर गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार, त्यस सम्बन्धित वक्तव्य, विशेष गरी अमेरिकाबाट आणविक क्षेत्रमा इरानमाथिको स्थगित नाकाबन्दी पुनः केही समयका लागि स्थगित भएको विषयमाथि चीनले ध्यान दिएको छ। अन्तर्राष्ट्रिय जगतले चौतर्फी सन्धिलाई सामान्य रुपमा समर्थन दिनुका साथै इरानको सक्रिय मूल्याँकन गरेका छन्। चीनले पनि अविच्छिन्न रुपमा सन्धिको दृढताका साथ समर्थन गरेको छ। यो सन्धि बहुपक्षीयताको महत्वपूर्ण उपलब्धि हुनुका साथै राजनैतिक तथा कूटनैतिक तरिकाद्वारा अन्तर्राष्ट्रिय समस्याको समाधान गर्ने नमूना पनि हो। मध्य-पूर्वी क्षेत्रको शान्ति तथा स्थिरता र अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीका लागि सन्धिको कार्यान्वयनसँग महत्वपूर्ण व्यवहारिक अर्थ रहेको छ। जसले विभिन्न पक्षको मूल फाइदाको प्रतिनिधित्व गर्दछ। साथै केही मुलुकले आफ्नो कानूनबमोजिम अरुमाथि लगाउने गरेको एकतर्फी नाकाबन्दीको विरूद्धमा चीन पनि अविच्छिन्न रुपमा उभिने प्रवक्ता लुले प्रष्ट पार्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान