नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनका लागि चीनको तयारी

2018-01-14 15:13:29
रुवान्डाका राष्ट्रपतिसँग भेट-वार्ता गरेपछि चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले अन्तर्वार्ता दिंदै यसै वर्ष आयोजना हुने चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनबारे चीनको योजनाबारे प्रकाश पार्नुभएको छ। मन्त्री वाङ्गका अनुसार, चीन-अफ्रिका सहयोग मञ्च चीन र अफ्रिकी मुलुकहरूले सामूहिक रुपमा वार्ता गर्ने र आपसी हितकर सहयोगलाई गहन पार्ने महत्वपूर्ण मञ्च हो। साथै यो विश्वमा सबैभन्दा ठूलो र प्रभावशाली दक्षिण-दक्षिण सहयोग मञ्च पनि हो। तीन वर्षअघि मञ्चको जोहानेसवर्ग शिखर सम्मेलनले ठूलो सफलता प्राप्त गरेको थियो। चालू वर्ष चीनले नयाँ मञ्चको आयोजना गर्ने पालो हो। अफ्रिकी मुलुकको सक्रिय आशा बमोजिम चीनले मञ्चलाई माथि उकासेर शिखर सम्मेलनको रुपमा आयोजना गर्ने निर्णय गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र मञ्च अन्तर्गत अफ्रिकाका संयुक्त अध्यक्ष मुलुक अर्थात् दक्षिण अफ्रिकाका राष्ट्रपतिले संयुक्त रुपमा सबै सदस्य मुलुकका राष्ट्रनायकहरूलाई निमन्त्रणा दिनुहुनेछ। धेरै अफ्रिकी मुलुकहरुले “बेल्ट एण्ड रोड” प्रस्तावको प्रशंसा र समर्थन गरेको पनि मन्त्री वाङ्गले बताउनुभएको छ। चीनले “बेल्ट एण्ड रोड”को साझा निर्माणमार्फत् दुई पक्षबीच आपसी हितकर सहयोगमा नयाँ शक्ति थप्ने, सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने र चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा अघि बढाउने आशा चीनले गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान