नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

गत हप्ताका दक्षिण एशियाका मुख्य समाचारहरू

2018-01-14 15:25:00
जनवरी ८ तारिख कलकत्ताको लागि चिनियाँ कन्सुलर तथा भारतको अन्तर्राष्ट्रिय विश्वविद्यालयको संयुक्त संयोजनमा ‘नयाँ युगमा चीन-भारत सम्बन्ध' विषयक गोष्ठी आयोजित भयो। सो गोष्ठीमा दुई देशबीच आपसी विश्वास, आदानप्रदानको अभिवृद्धि बिआरआई लगायतका प्रारूपमा उचित पारस्परिक सहयोग गर्नुपर्ने विषयमा मतैक्यता प्रकट भयो। जनवरी ८ तारिख अफगानी राष्ट्रपति अश्राफ घानीले त्यहाँका लागि नवनियुक्त चिनियाँ राजदूत लीउ चिन सोङको ओहदाको प्रमाण पत्र ग्रहण गर्दै बिआरआईमा अफगानिस्तान सक्रियाताका साथ सहभागि हुने अपेक्षा प्रकट गर्नुभयो। जनवरी ११ तारिख नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल कार्यालयका प्रमुखसँग काठमाडौंमा नेपालको तराई भेगमा बाढीप्रभावित क्षेत्रको मानवीय उद्धार सामग्री सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो। दक्षिण-दक्षिण सहयोग कोषको प्रारूपमा चीनले ४० लाख अमेरिकी डलर प्रदान गरी नेपालको दक्षिणी भागमा मानवीय उद्धार सामग्री प्रदान गर्नेछ। उद्धार सामग्रीको पहिलो खेप एक हप्ताभित्र प्रभावितहरूको हातमा पुग्ने बताइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान