नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

रुसी उप-विदेश मन्त्रीबाट इरानी आणविक सन्धिको पालना गर्न आग्रह

2018-01-14 16:04:09
रुसले इरानी आणविक सन्धिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वक्तव्यमाथि नकारात्मक मूल्यांकन गर्नुका साथै विभिन्न पक्षसँग उक्त सन्धिको पालना गर्न रुसी उप-विदेशमन्त्री सेर्गेइ र्‍यब्कोभले आग्रह गर्नुभएको छ। 13 तारिख मस्कोमा उहाँले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सन्धि सन्तुलित रुपमा विभिन्न पक्षको धारणा समेटिएको उचित र प्रभावकारी सन्धि भएको बताउनुभयो। तर अमेरिकाको स्वार्थ र केही तहको शत्रुगत धारणाले सन्धि कार्यान्वयनमा अमेरिकाप्रति शंका उब्जिएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सिनेट र सन्धिका यूरोपेली पक्षसँग सन्धिमा केही विषयको संशोधनका लागि स्वीकृति खोज्नुभएको थियो। उपमन्त्री र्‍यब्कोभले सन्धिको संशोधन नहुने भन्दै रुसले अमेरिकाको गतिविधिलाई रोक्ने कुरा बताउनुभयो। सन् 2015 जुलाइ महिनामा इरान र अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन तथा जर्मनीले इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धि गरेका थिए। सन्धिअनुसार, इरानले आफ्नो आणविक योजनाप्रति वचनवद्धता जनाएपछि अन्तर्राष्ट्रिय नाकाबन्दी खुलाइएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान